महानगरीय प्रहरी परिसर काठमाण्डौ प्रहरी कार्यालय अन्तर्गतमा रहेका प्रहरी वृत्त तथा प्रभागहरुमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएको ७० जना,प्रहरी वरिष्ठ हवल्दार १५ जना र ६० जना प्रहरी सहायक हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौमा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुदीप गिरीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
एसएसपी गिरिले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए । थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।
दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा प्रहरी उपरीक्षक दिनेशराज मैनाली,प्रहरी नायव उपरीक्षक तथा अन्य प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । काठमाडौंका एसएसपी सुदीप गिरीद्वारा १४५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान( फाटाे फिचर)







