Comments Add Comment

Advertisment

SKIP THIS

पीडामा किसानः मन्त्री भने एनजीओको कार्यक्रममा व्यस्त

९ पुष , काठमाडौ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेपनि किसानको धान बिक्री भइरहेको छैन । न त धान डुबान पीडित किसानले क्षतिपूर्ति पाउन सकेका छन् । गहुँ उम्रिएर मल हाल्ने बेला भएपनि किसानले मल पाउन सकेका छैनन् ।

नेपाली किसान समस्याको भूमरीमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव दिनका दिन एनजिओका कार्यक्रममा व्यस्त छन् । एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फियान, केयर र युरोपियन युनियनलगायतले बुधबार जनकपुरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादव पुगेका थिए । कार्यक्रमको नाम किसान भेला दिइए पनि किसानका नेता तथा एनजीओकर्मीहरुको बोलवाला थियो ।

मंगलबार नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एशोसिएशन ९नेम्भला० ले आयोजना गरेको कार्यक्रममा सहभागी थिए कृषि मन्त्री यादव । मन्त्रालयका एक सहसचिवले भने, ‘मन्त्रीज्यूलाई कार्यक्रमहरुबाट फुर्सद नै हुँदैन, अनि मन्त्रालयको काम कसरी अगाडि बढोस् ।’

बुधबार जनकपुर पुगेका मन्त्री यादव आगामी आइतवार मात्र मन्त्रालय आउने उनको निजी सचिवालयले जनाएको छ । मन्त्रालयमा थुप्रै फाइल पेन्डिङमा छ तर मन्त्रीको प्राथमिकतामा एनजिओको कार्यक्रम परेको छ । मन्त्रालयका एक कर्मचारीले भने, ‘उहाँ ९मन्त्री० असोज २२ गते कृषि मन्त्रीमा नियुक्त हुनुभयो । तर मुस्किलले एक महिना मन्त्रालयमा बस्नु भएको होला ।’

तोकिएन उखुको मूल्य
उखु किसानहरू उखुको समर्थन मूल्य तोकी दिनका मन्त्रालय धाइरहेका छन् तर मन्त्री यादवले विभिन्न बहाना बनाउँदै टार्दै आइरहेका छन् । राष्ट्रिय उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले आफूहरु उखुको मूल्य वृद्धिका लागि मन्त्रालय धेरैपटक धाइसकेको तर मन्त्री यादवले विभिन्न बहाना गर्दै टारिरहेको बताए ।

‘मन्त्रीज्यूले उद्योगीहरुसँग छलफल गरेर यसलाई टुङ्ग्याउने भन्नुभएको छ । तर कहिले छलफल गर्नुहुन्छ टुंगो छैन,’ मैनालीले भने, ‘उखु काटेर मिलमा पुर्याउने बेला भइसक्यो मन्त्रीज्यू कानमा तेल हालेर बस्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै