Comments Add Comment

अभिनेता बिष्ट : विराटनगर महानगरपालिकाद्धारा सम्मानित

२६ चैत , काठमाडौं । निर्माता समेत रहेका अभिनेता गजित बिष्टलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ।

महानगरको सांस्कृतिक सल्लाहकारसँगै नेपाली फिल्म, गीत संगीतको श्रीवृद्धिमा खेलको भूमिकाको मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ।

महानगर प्रमुख भीम पराजुलीले आफ्नो कार्यकक्षमा बिष्टलाई खादा, फूलमालासहित सम्मानपत्र प्रदान गरे । विष्ट लामो समयदेखि फिल्म निर्माण, अभिनय र मोडलिङमा क्रियाशील छन् ।

‘मायाज बार’ शीर्षकको फिल्मबाट अभिनयमा प्रवेश गरेका बिष्टले ‘लभ यु बाबा’, ‘हैरान’आदि फिल्म निर्माण गरेका छन् ।

भर्खरै डान्स च्याम्पियनको निर्देशन गरेका बिष्टले चाँडै नयाँ फिल्म निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन् ।

गजितले विराटनगरबाटै कलाकारिता सुरु गरेका हुन् । कोरियोग्राफर र मार्सल आर्ट खेलाडीको रुपमा करिअर सुरु गरेका उनले मैतिदेवीमा ‘डान्स फिभर’ नामको नृत्य स्कुल चलाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै