२६ चैत , काठमाडौं । बागमती प्रदेशको यसअघिको एमाले मूख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले हिल स्टेशन र भ्यू टावरका नाममा करोडौं रकम दुरुपयोग गरेको भेटिएको छ।
१. सिन्धुलीगढी हिल स्टेशन प्याकेजको नाममा ३ करोड ३८ लाख ,
२. ऐतिहासिक सिद्धबाबा चुचोरो सिन्धुलीमा भ्यू टावर निर्माण गर्न २ करोड ५५ लाख ४८ हजार ,
३. दोलखाको जिरी हिल स्टेशनमा ३ करोड ५८ लाख १८ हजार,
४. नुवाकोटको चिम्टेश्वरमा भ्यू टावर निर्माण गर्न ३ करोड ५० लाख,
५. काभ्रेको रोशी भ्यू टावरका लागि ३ करोड ५७ लाख,
६. धादिङको तोप्लाङ भ्यू टावर निर्माणका लागि २ करोड ६५ लाख ३५ हजार,
७. धादिंगकै शिवालय हिल स्टेशनका लागि ३ करोड ३७ लाख १६ हजार,
८. रामेछापको गोगनपानी सुलीथम्का ३ करोड ३५ लाख ४४ हजार,
९. नुवाकोटको ककनी हिल स्टेशन प्याकेज ३ करोड ४१ लाख ३३ हजार,
१०. मकवानपुरको चित्लाङ हिल स्टेशनका लागि ३ करोड ११ लाख ५६ हजार र
११. सिन्धुलीको मुडे हिल स्टेशनका लागि ३ करोड ३१ लाख १३ हजार, कूल करिब ४० करोड ।







