Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल बास्केटबल लिगको तेस्रो संस्करण जेठ ७ बाट

२७ चैत , काठमाडौं । नेपाल बास्केटबल लिगको तेस्रो संस्करण जेठ ७ गतेबाट सुरू हुने भएको छ ।

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आयोजन गर्ने प्रतियोगितामा महिलातर्फ ५ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरुष बास्केटबल लिग जेष्ठ ७ देखि शुरु हुनेछ भने महिला लिग जेष्ठ १८ गतेबाट हुने नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले जनाएको छ ।

पुरूषतर्फ टाइम्स इन्टरनेशनल, त्रिभुवन आर्मी, गोल्डेन गेट इन्टरनेशनल, रोयल बास्केटबल, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब, विशाल मिलन केन्द्र, क्याम्पियन सोलो र कीर्तिपुर बास्केटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ नेपाल पुलिस, ललितपुर हाइ, रोयल बास्केटबल, आइएसए नेपालले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ भने एक टोलीको टुंगो लगाउन बाँकी छ ।

पुरूषतर्फको विजेताले २ लाख र उप विजेताले एक लाख रुपैयाँ पुरस्कार जित्नेछन् । महिलातर्फको विजेताले भने एक लाख र उप विजेताले ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन । दुबैतर्फको मोष्ट भ्यालुएबल प्लेयरले ३ हजार र गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले समान १० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै