प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित -
Comments Add Comment

प्रदीप ऐरीको अर्धशतकसँगै एपीएफको पहिलो जित

२९ चैत , काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल प्रो क्लब टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपमा पहिलो जित निकालेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा एपीएफले बंगादेशको ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो ।

बंगलादेशी क्लबले दिएको १ सय २६ रनको लक्ष्य एपीएफले १९ ओभरमा ३ विकेट गुमाएर भेटायो । एपीएफका लागि प्रदिप ऐरीले अविजित रहँदै सर्वाधिक ५४ रन र दीपक बोहोराले ४२ रन बनाए ।

प्रदिपले ५८ बलमा ६ चौका प्रहार गरी ५४ रन जोड्न सफल भए । साथै दिपक बोहोराले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको ट्यालेन्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रन बनायो । ट्यालेन्टका लागि असदुजमान बरेनायोले ३० रन र शरियारे रिमनले २२ रन जोडे ।

एपीएफका लागि प्रदिप ऐरी र भुवन कार्कीले २–२ विकेट लिए । प्रतियोगितामा कुल ८ टोलीको सहभागीता रहेको छ ।

४-४ टोलीलाई ए र बी मा विभाजन गरिएको छ । यो खेल सकिँदा एपीएफ समुह बीको तेस्रो स्थानमा रहेको छ । पराजित बंगलादेशी टोली समुहको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै