राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई सुशोभन गरेकी छन् ।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल प्रहरीका बरिस्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेश राज जोशीलाई संबिधान दिवसको अवसरमा सुप्रवल जनसेवाश्री पदकद्धारा विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट प्रदान गरिने उक्त विभूषण महत्त्वपूर्ण विभूषण हाे ।
नेपाल प्रहरी संगठन भित्र कुसलताका साथ जिम्मेवारी निर्वाह गदै अनवरत रुपमा नागरिक सेवामा सक्रिय जाेशि हाल उपत्यका ट्राफिक महाशाखा काठमाडौंमा ट्राफिक प्रमुखका रूपमा कार्यरत छन् । प्रहरी प्रतिका नागरिकको विश्वास जित्न उमेश जोशीले आफ्नो कार्य क्षेत्रमा निवार्ह गरेको भुमिका निकै महत्वपूर्ण मानिन्छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुखको रुपमा समेत काम गरिसकेका जोशी संगठन भित्रका सवल, सक्षम र इमान्दार प्रहरी अधिकारीका रुपमा परिचित छन् । इन्टरपोल शाखामा कार्यरत हुदाँ नेपाल प्रहरीले इन्टरपोल मार्फत गर्नुपर्ने अपराध अनुसन्धानका क्षेत्रमा प्राप्त गरेको सफलताले नेपाल प्रहरीलाई उत्कृष्ट संगठनका रुपमा परिचित भएको थियोे ।नेपाल प्रहरीको अपराध अनुसन्धान, शान्ति, सुरक्षा,सुव्यवस्था कायम गर्न संसार भरिका प्रहरी संगठनहरुमा उत्कृष्ट मानिन्छ ।सधै आफ्नो कार्य क्षेत्रमा सवल, सक्षम र कुसल नेतृत्व प्रदान गदै आएका जोशी सँग नागरिक प्रहरी सम्बन्ध स्थापनामा अब्बल कला रहेको छ । मिडिया र चर्चामा खासै आउन नरुचाउने एसएसपी जाेशीले नेपाल प्रहरीको सिआईबि, अख्तियार ,अपराध अनुसन्धान महाशाखा लगाएत दर्जनौं शाखामा काम गरेको अनुभव भएका प्रहरी अधिकारी हुन ।
२०७६ मा असोज २८ देखि कात्तिक १ गते सम्म संचालन भएको इन्टरपोलको ८८औं महासभामा तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाही र र तत्कालिन प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख जोशी समेत सहभागि भई नेपाल प्रहरीको कार्य क्षमता र दक्षता एब अपराध अनुसन्धान र न्यूनीकरणका बारेमा नेपालको तर्फबाट अबधारणा समेत प्रस्तुत गरिएको थियो ।
विश्वका १ सय ९४ मुलुकका प्रहरी अधिकारीहरु सहभागि उक्त सभामा अपराध अनुसन्धान तथा अपराध न्यूनिकरणमा योगदान गर्ने विश्वका प्रहरी संगठनहरुको सुचिमा नेपाल प्रहरी पनि अग्रंपत्तिमा रहेको बताउदै सभामा इन्टरपोलका प्रमुखले नेपालको प्रहरी विश्वमै उत्कृष्ट प्रहरीको रुपमा घोषित गरेका थिए ।साथै अपराध अनुसन्धानमा नेपाल प्रहरीले गरेको योगदानको उच्च प्रंससा गदै धन्यवाद समेत दिइएको थियो ।
सेवाग्राहि प्रति सधै उच्च सद्भावका साथ काम गर्ने जोशीले इन्टरपोल शाखामा कार्यरत हुदा उक्त शाखाको संरचनागत विकाश र रणनैतिक कार्य योजनाका आधारमा विभिन्न पक्षहरुसंग समन्वय र सहकार्यका लागि समेत विशेष भुमिका निर्वाह गरेका थिए । विभिन्न शक्ति केन्द्रको आडमा अपराधिक कार्यमा संग्लन भएका उच्च पहुँचवालाहरुलाई समेत कानुनी दायरामा ल्याएर मुद्दा चलाएपछि उनको चर्चा सधैं भइरहन्छ ।


