Comments Add Comment

Advertisment

SKIP THIS

विप्लव नेकपामा चर्कियो विवाद

६ वैशाख , काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की ईञ्चार्ज उमा भुजेल (शिलु)लाई कारवाही गर्न माग गरिएको छ। काजी गुरुङलाई सेक्रेटरी बनाएको विषयमा असन्तुष्ट समूहले गोकुल पराजुलीको नेतृत्वमा बनेको नेकपा कास्की जिल्ला कमिटीले ईञ्चार्ज शिलुमाथि विभिन्न आरोप लगाउँदै कारवाही गर्न माग गरेको हो।

यसअघि ईञ्चार्ज शिलुले गोकुल पराजुलीलाई सेक्रेटरीबाट हटाएर काजी गुरुङलाई सेक्रेटरी बनाएपछि पराजुली समूह असन्तुष्ट बनेको थियो। सोहि असन्तुष्ट समूहले जिल्ला समानान्तर कमिटी बनाएको एक हप्ता नपुग्दै ईञ्चार्ज शिलुलाई पार्टी विरोधी, संगठन विरोधी एवम् एकीकृत जनक्रान्तिको पद्धति र मान्यता विरोधी गतिविधि गरेको आरोप लगाउँदै कारवाही गर्न केन्द्रीय समिति समक्ष माग गरेको हो।

उक्त समूहले कास्की जिल्ला सदस्य काजी गुरुङलाई पनि कारवाही गरेर जिल्ला सदस्यबाट हटाएको जनाएको छ। यसअघी ईञ्चार्ज शिलुले तत्कालीन सेक्रेटरी पराजुलीसहित सदस्यद्वय बद्री अधिकारी र रमाकान्त बास्तोलालाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरेको थियो। त्यसलगत्तै समानान्तर समिति बनाएको सो समूहका जिल्ला सेक्रेटरी गोकुल पराजुलीसहित १७ जनाको हस्ताक्षरसहितको विज्ञप्ती जारी गरेर अब आईन्दा शिलुद्वारा हस्ताक्षरित विज्ञप्तीको भ्रममा नपर्न जनसमुदायलाई अपिल गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै