Comments Add Comment

Advertisment

SKIP THIS

‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कृत

०७ बैशाख , काठमाडौं । अनलाइन गेम ‘फ्री फायर’ खेल्ने बहानामा १३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-८ मातातीर्थका २७ वर्षीय महेश उदास रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार उनले नाबालिकालाई पाल्पाबाट ल्याई बलात्कार गरेका थिए । बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको थियो । अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको काठमाडौँ परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।

प्रहरीका अनुसार ती बालिका पाल्पास्थित घरमा बस्दै आएकी थिइन् । उनी अनलाइनबाट खेलिने गेम ‘फ्री फायर’ खेल्ने गर्थिन् । यही क्रममा उनको भेट महेशसँग भयो । महेशले उनलाई विभिन्न बहानामा फेसबुकमा साथी बनाएर प्रलोभन देखाई काठमाडौँ ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

तह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

कास्कीमा १३ वर्षीया बालिका बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

तह्रथुममा १३ वर्षीया बालिका बलात्कृत

कास्कीमा १३ वर्षीया बालिका बलात्कृत