Comments Add Comment

Advertisment

SKIP THIS

देशभरका स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना

०८ बैशाख , काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

देशका ७७ वटै जिल्लाअन्तर्गत रहेका स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

काठमाडौँ महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले अब निर्वाचन अयोगले तयार गरेको कार्यतालिका निर्वाचन अधिकृतको कार्यालयबाट अघि बढ्ने बताए। त्यस्तै उनले निर्वाचन आचारसंहिता पालना भए नभएको पनि जाँचबुझ गर्ने जानकारी दिए।

प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा ९/१० जना कर्मचारीको जनशक्ति रहने व्यवस्था आयोगले गरेको छ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै