Comments Add Comment

Advertisment

SKIP THIS

केकीकै शैलीमा सुटुक्क विवाह गर्दै वर्षा

०९ बैशाख , काठमाडौं । अभिनेत्री केकी अधिकारीले विवाह गरेकै शैलीमा गोप्य रुपमा अर्की अभिनेत्री वर्षा सिवाकोटीले विवाह गर्दैछिन् ।

आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने वर्षाले पनि किन गोप्य विवाह गर्दैछिन् ? यो चर्चा फिल्मनगरीमा छ । वर्षाले अमेरिकामा रहँदै आएका युवकसँग वर्षाले बिहे गर्न लागेकी हुन् । वर्षाले पनि केकीले झैँ आफ्नो बिहेलाई गोप्य राख्ने कोशिश गरिरहेकी छिन् ।

पछिल्लो समय अभिनेत्रीहरू आफ्नो विवाहलाई गोप्य राखिरहेका छन् । सानो पारिवारिक जमघटका बीच वर्षाले बालुवाटार घर भएका र विगत केही वर्षदेखि अमेरिकामा रहँदै आएका युवकसँग लगनगाँठो कस्न लागेकी हुन् । केही हप्ता अगाडि अमेरिका पुगेर वर्षाले बिहेका लागि कुरा गरेको प्रष्ट भएको छ ।

विवाहकै तयारी भएका कारण वर्षाले आफ्नो रिलिजको क्रममा रहेको प्रचारप्रसारमा समेत समय दिएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै