Comments Add Comment

Advertisment

SKIP THIS

तार्केश्वर नगरपालिका मा पुरानै मेयर उपमेयर दाेहाेरीने संकेत

११ बैशाख , काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा नेकपा एमालेले पुरानै मेयर र उपमेयरलाई दोहोर्याउने तयारी गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बसेको प्रदेश टिकट समन्वय समितिको बैठकले मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भवानी डोटेल धिताललाई दोहोर्याउने तयारी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । तारकेश्वर नगरपालिकाका वर्तमान मेयर रामेश्वर बोहोरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

बामगती प्रदेश कमिटीको सदस्य समेत रहेका मेयर बोहोरा तत्कालीन मनमैज्जु गाविसको गाविस अध्यक्षसमेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै