१२ बैशाख , काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सत्ता गठबन्धनबाट आफूले पाएका महानगरपालिका र उपमहानगरपालिकामा उम्मद्वार टुंग्याएको छ ।
एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई र काठमाडौं महानगरपालिकाको उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवारी बनाएको छ ।
एकीकृत समाजवादीको आज विहान बसेको बैठकले सार्वजनिक गरेको निर्णय अनुसार हेटौडा उपमहानगरपालिकाको प्रमुखमा मिना लामालाई उमेद्वार बनाउने निर्णय भएको छ । इटहरी उपमहानगरपालिकाको उपमेयरमा केशवकुमार विष्टले उमेद्वारी दिनेछन् ।
त्यस्तै बुटबल उपमहानगरपालिकाको उपमेयरमा चिनबहादुर गुरुङलाई र तुल्सीपुर उपमहानगरपालिकाको उपमेयरमा जोगबहादुर राना मगरले उमेद्वारी दिनेछन् । आफनो पार्टीको तर्फबाट उमेद्वारी दिएका सबैले कलम चिन्ह लिएर प्रतिस्पर्धा गर्ने एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महासचिव बेदुराम भुसालले निकालेको विज्ञप्तिमा तालमेल भएका स्थानीय तहमा तालमेल अनुसार उमेद्वारी दिने र तालमेल नभएका स्थानीय तहमा पार्टीका तर्फबाट समेत उमेद्वारी दिने निर्णय भएको उल्लेख छ ।
यस्तो छ विज्ञप्ति



