Comments Add Comment

Advertisment

SKIP THIS

यातायात व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने काभ्रेका ट्राफिक प्रमुख सिलवालको प्रतिबद्धता

जिल्लामा सडक सुरक्षा कायम राख्नुको साथै यातायात व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका नव नियुक्त प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेको प्रमुख सम्हालेका सिलवाललाई स्वागत कार्यक्रमलाई सम्बोधन उनले उक्त जिल्ला सडक सुरक्षामा कुनै कमी हुन नदिने बताउँदै सवारी दुर्घटनालाई न्यूनिकरणका लागि विशेष पहल गरिने बताए । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि विभिन्न कार्यक्रमको तय गर्ने योजना बनाएको उनले बताए ।

प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको परिपत्र अनुसार सिलवाल चैत्र २४ गते ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेको प्रमुखमा सरुवा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै