Comments Add Comment

Advertisment

SKIP THIS

“मोटरसाईकल चोरी गर्ने एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा”

१४ बैशाख , काठमाडौं । मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकल सहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नियन्त्रणमा लिएको छ ।

हराएका मोटरसाईकलहरु चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन, निग्रानी एवं खोजतलास गर्न सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले काठमाण्डौ तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाईट स्थित सडक खण्डबाट बास्तविक नम्वर परिवर्तन लु ६४ प ७३७५ नम्वर कालो निलो २२० को पल्सर मोटरसाईकल चलाई रहेको अवस्थामा मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाण्डौं लोलाङ वर्ष २६ को सुदास लामालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले जानकारी दिनुभयो ।

उक्त मोटरसाईकलको वास्तविक नम्बर नम्वर बागमति प्रदेश ०२ – ०२५ प १०१० रहेको खुल्न आएको छ । उक्त पक्राउ भएको मोटरसाइकल ललितपुर गोदावरी नगरपालिका वडा नं. ८ डुकुछाप बस्ने नवराज घिमिरेले निजको घरबाट हराएको यस कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ गरिएको व्यक्ति सहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी प्रहरी परिसर जावलाखेलमा पठाएको महाशाखाले जनाएको छ । पछिल्लो समय उपत्यकाको विभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान ट्राफिक कार्यालयले चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै