Comments Add Comment

Advertisment

SKIP THIS

धिरजप्रताप सिंहले आईजीपी शैलेश थापा सहितका उच्च प्रहरी अधिकारीलाई बिदाई गरे

१९ बैशाख , काठमाडौं । आईजीपी क्षेत्री सहितका उच्च प्रहरी अधिकारीलाई नवनियुक्त आईजीपी धिरजप्रताप सिंहले बिदाई गरेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाक्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबारबाट अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयमा उनीसँगै अवकाशमा जाने उच्च अधिकृतको बिदाई समारोह आयोजना गरिएको थियो ।

धिरज प्रताप सिंहले सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।

उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र,नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा बैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरुका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भई नेपाल प्रहरीको संस्थागत विकासमा दूरगामी प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सेवा निवृत्त हुन भएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिकता,नैतिकता, इमानदारिता र अविचलित रूपमा कर्तव्यपथमा लागि रहने क्षमता हाम्रा सामु स्पष्ट रहेको चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले संगठनमा बहाल रहँदा र सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उहाँहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै