Comments Add Comment

Advertisment

SKIP THIS

चीनमा कोरोना महामारीले पाँच दिनको बिदाबीच पनि कडा प्रतिबन्ध

१९ बैशाख , काठमाडौं । चीनमा अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पाँच दिनको सार्वजनिक बिदा छ । तर, कोरोना भाइरसको महामारीले त्यहाँ सार्वजनिक स्थलहरुमा कडा प्रतिबन्ध कायमै राखिएको छ ।

बिदामा पनि मानिसहरु रेष्टुरेन्टहरुमा जान पाएनन् । रेष्टुरेन्टमा गएर खान प्रतिबन्ध छ । उनीहरुले खाना पुर्याउन भने पाउनेछन् । सार्वजनिक स्थलहरुमा जान कोरोना भाइरसको संक्रमण नरहेको प्रमाण देखाउनुपर्ने नियम छ ।

बेइजिङ, सांघाईलगायत ठूला शहरहरुमा कडाई गरिएको छ । समुदायमा कोरोनाको परीक्षणहरु गरिएका छन् । विद्यालय र ठूलो समुदायमा लकडाउनको असरहरु परेका छन् । तथापि संक्रमण अझै देखिएको छ ।

बेइजिङमा मानिसहरु खानाको जोहो गर्न दौडिने गरेका छन् । निरन्तर संक्रमित देखिएबाट चीनले बेइजिङ र सांघाई जस्ता शहरहरुका जोखिमयुक्त क्षेत्रमा हिंडडुलको प्रतिबन्ध अझै फुकाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै