Comments Add Comment

Advertisment

SKIP THIS

“च्यान चनको काँस्य मूर्ति”जापानको टोकियोमा अनावरण

४ साउन , काठमाडौँ । “च्यान चनको काँस्य मूर्ति”चीनको थाङ वंशका भिक्षु च्यान चनले धेरै कठिनाइको सामना गरी ६ पटक समुद्र पार गरी जापानमा धर्मको प्रचार प्रसार गरेको आधारमा बनाइएको छ। उक्त मूर्ति अनावरण समारोहमा जापानका लागि चीनका राजदूत खौङ स्युआन यौले भिक्षु च्यान चन चीन जापान आदानप्रदान इतिहासको अग्रगामी दूत भएको तथा चीन जापान बीच दीर्घकालदेखि मैत्रीपूर्ण आवतजावतको द्योतक रहेको भन्दै चीन जापान दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा“च्यान चनको काँस्य मूर्ति”को स्थापनाको महत्त्वपूर्ण अर्थ रहेको बताउनुभएको छ।

टोकियोका गभर्नर कोइके युरिकोले आफ्नो मन्तव्यमा भिक्षु च्यान चनले धेरै कठिनाइको सामना गरी जापानसम्म आएको बताउनुभयो। उनको आगमनपछि जापानको सांस्कृतिक विकासमा ठूलो प्रभाव पारेको र भविष्यमा आदानप्रदानमार्फत संयुक्त रूपमा चीन जापानको समृद्ध भविष्यको सिर्जना गरौँ भन्ने अपेक्षा लिएको पनि व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै