Comments Add Comment

Advertisment

SKIP THIS

कांग्रेसको प्रतिस्पर्धी माओवादी केन्द्र होइन : पौडेल

२२ वैशाख, काठमाडौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूहरूको प्रतिस्पर्धी एमाले र केपी ओली प्रवृत्ति रहेको बताएका छन् ।

चितवनमा बिहीबार आयोजित गठबन्धनको आमसभामा उनले माओवादी केन्द्र र सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको प्रतिस्पर्धी नरहेको बताएका हुन् ।

कांग्रेसको प्रतिस्पर्धी र प्रतिद्वन्द्वी एमाले र ओली प्रवृत्ति रहेकाले गठबन्धन गरेको उनको भनाइ छ ।

निर्वाचितबाटै लोकतन्त्र खतरामा पर्ने भन्ने कुराको पुष्टि ओलीले गरेको भन्दै पौडेलले कांग्रेस चितवनका नेता कार्यकर्तालाई गठबन्धनको उम्मेदवारलाई मत दिन आह्वान गरे ।

चितवनका कांग्रेस नेताहरूको असन्तुष्टि मेटाउने प्रयास आफूले गरेको भए पनि यसप्रति नेताहरूले बेवास्ता गरेकोसमेत पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment