Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिगमा आज २ खेल हुँदै

२३ बैशाख , काठमाडौं । शहीद स्मारक सी डिभिजन लिगमा शुक्रबार २ खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा पुलचोक स्पोर्ट्स क्लब र मनोहरा युनाइटेड क्लब भिड्दैछन् ।

पुलचोक र मनोहराबीचको खेल दिउँसो पौने १ बजे हुनेछ । पुलचोक दोस्रो जितको खोजीमा रहेको छ भने मनोहरा तेस्रो जित निकाल्न चाहन्छ ।

अर्को खेलमा स्वयम्भू क्लब र स्पोर्ट्स एकेडेमी साँगा दिउँसो ४ बजे आमने सामने हुनेछन् । स्वयम्भू पहिलो जितको खोजीमा रहेको छ भने साँगा दोस्रो जितको खोजीमा छ ।

७ अंकसहित मनोहरा अंक तालिको छैटौँ स्थानमा छ भने ३ अंकसहित पुलचोक ११ औँ स्थानमा छ । २ अंक जोडेको स्वयम्भु १३ औँ स्थानमा छ । ४ अंकसहित साँगा १० औँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै