Comments Add Comment

Advertisment

SKIP THIS

‘सुकुम्बासीमुक्त सहर निर्माण गर्छौं’ : डा. डिला सङ्ग्रौला

२५ बैशाख , काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताइन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाइन्। महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे।

विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामसुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए। केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमा सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै