Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमणबाट पत्रकार हिक्मत चौधरीको मृत्यु

५ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।

दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो । पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए ।

तिलोतमा ५ मणिग्राम निवासी ६१ वर्षीय चौधरी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । चौधरीका ४ छोरी, २ छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै