Comments Add Comment

Advertisment

SKIP THIS

झापाका उमेशले जिते १६औं धर्मश्रीको खिताव

२५ बैशाख , काठमाडौं । झापाका उमेश राईले १६औं धर्मश्रीको खिताव जितेका छन् । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जितेका हुन् ।जीतसँगै राईले नगद १० लाख प्राप्त गरेका छन् । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पारे ।

तृतीय स्थानमा मसल्स एण्ड फिटनेश तर्फ नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहे । उनले नगद २ लाख प्राप्त गरे । नेपालमा ब्यायामको क्षेत्रको सबैभन्दा ठुलो संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए ।

यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

शनिबार ढिलो गरि सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे । पाँचौ स्थानमा प्लानेट फिटनेश इटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौलका उनले नगद ९० हजार प्राप्त गरे ।

यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे । बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गरेका थिए । तौल समूह अन्तरगत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाबजारका उमेश डङ्गोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै