Comments Add Comment

Advertisment

SKIP THIS

आइटम डान्सको बारेमा बोलिन् समन्था

२५ बैशाख , काठमाडौं । फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनसँग नृत्य गरेकै कारण चर्चामा आइन सामन्था रुथ प्रभु ।

प्राय सोझी युवतीको भूमिकामा देखिरहेकी सामन्थाले फिल्मको आइटम नम्बर ‘ओ अन्वा’ मा आफूलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरेकी थिइन् । सामन्थाको मन मोहक स्टाइल र उनको डान्स मुभले सबैलाई नाचौँ नाचौँ बनायो । यो फिल्मको एक मात्र गीत थियो जसमा सामन्था देखिएकी थिइन् तर उनको पारिश्रमिक पूरै फिल्मको पारिश्रमिक बराबर छ भन्ने चर्चा पनि भयो ।

यस किसिमको ग्ल्यामर भूमिका नगरेकी समन्थाले एक म्यागजिनसँग कुराकानी गर्दै आफू एक्ट्रेस भएकाले परिवर्तनको लागि तयार भएकी बताएकी छिन् । ‘म एक्ट्रेस भएकोले मैले गर्ने काम क्यारेक्टर अनुसार हो । त्यहाँ मैले डान्स गरेकी वा साडी लगाएकी हुँदिनँ’ उनले भनिन् ।उनले पुष्पाको गीत पश्चात आफूमा आत्मविश्वास बढेको समेत बताएकी छिन् ।

‘म ग्ल्यामर गीत वा हार्ड एक्सनका लागि तयार भएकी छु । अब मैले गर्ने भूमिकाका लागि आत्मविश्वास बढेको छ । पुष्पाको गीत अगाडि मैले यसका विषयमा सोचेकी समेत थिइन्’ उनले भनिन् । पुष्पाको आइटम गीतका लागि पहिला उनले नकारेकी थिइन् ।

यद्यपि हिरो अल्लु अर्जुन स्वयम्ले कुराकानी गरेपछि तयार भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै