Comments Add Comment

Advertisment

SKIP THIS

खोलामा डुबेर एक जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । हेटौंडामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको कर्राखोलामा डुबेर हेटौंडा १७, राईटोलका ५१ वर्षीय पूर्ण बहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राईको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको बताइएको छ । खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

खोलामा डुबेर एक जनाको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

खोलामा डुबेर एक जनाको मृत्यु