Comments Add Comment

Advertisment

SKIP THIS

जसपाबाट बिरगन्ज महानगर मेयर पदका उम्मेदवार सिंहले दिए गुन्डा पठाउने धम्की

News 24Galaxy (ब्युरो) बाके । जनता समाजवादी पार्टीको तर्फबाट बिरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर)का उम्मेदवार राजेश मान सिंहको चर्को दबाबमा पत्रकारलाई झुटो मुद्धामा फसाइएको छ ।

बिरगन्जका पत्रकार रवी बर्णवाललाई प्रहरीले जसपाबाट नगर प्रमुख (मेयर)का उम्मेदवार सिंहको दबाबमा झुटो मुद्धा लगाएर फसाएको हो ।

बैशाख ९ गते राजेश मान सिंहका कार्यकर्ता र रवी बर्णवालको बिचमा सामान्य विवाद भएको थियो । सिंहका कार्यकर्ता सम्सोद्दिन अन्सारी र बर्णवालको बिचमा बिबाद हुँदा नगर प्रमुख (मेयर)का उम्मेदवार राजेश मान सिंहले पत्रकार बर्णवाललाई धम्काएका थिए । जुन धम्किको अडियो र भिडियो एविसी संचारलाई प्राप्त भएको छ । सो अडियो भिडियोमा जसपा नेता सिंहले पत्रकार बर्णवाललाई धम्काएको प्रष्ट सुन्न सकिन्छ ।

पत्रकार रवी बर्णवाललाई त्यस पछि एकाएक प्रहरीले पक्राउ गरेर लगेको थियो । सामान्य छलफल सोधपुछ गर्नुछ भनेर लगेको प्रहरीले एकाएक पक्राउ पुर्जी दिँदै मुद्धा चलाएको थियो ।

पत्रकार रवी बर्णवालले एविसी संचारसँग कुरा गर्दै भने, “मलाई जसपाको नेताले फोनमा धम्की दिए, गुण्डा लगाएर जे पनि गर्नसक्छु भने, मेरो सुरक्षा गर्नुपर्ने प्रहरीले उल्टै मलाई पक्राउ गर्‍यो । सत्ता र शक्तीको दुरुपयोग गर्दै जसपा नेता सिंहले मलाई फसाए ।”

यता जसपा नेता सिंहका कार्यकर्ता सम्सोद्दिन अन्सारीलाई एविसी संचारले प्रतिकृयाको लागि पटक पटक फोन संपर्क गर्दा उनले फोन काटे । उता प्रतिकृयाको लागि जसपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहलाई फोन गर्दा सिंहको फोन अरु मान्छेले रिसिभ गरेर कार्यक्रममा एकदमै बिजि हुन्छ अहिले कुरा गर्न सकिन्न भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै