युक्रेनमा रहेका रुसी सम्पत्ति जफत गरिने -
Comments Add Comment

युक्रेनमा रहेका रुसी सम्पत्ति जफत गरिने

२८ वैशाख, काठमाडौं । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहालले युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् ।

उनले युक्रेनको मन्त्रिपरिषद्ले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए ।

प्रधानमन्त्री स्मिहालले भने– ‘अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरू युक्रेन राज्यको मातहतमा आएका छन्, मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो कानुन बनाएको छ ।’

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरूको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुने गरी कानुन बनाएको उनले बताए ।

युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरू जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

उनले ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै