Comments Add Comment

Advertisment

SKIP THIS

मध्याह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान : निर्वाचन आयोग

३० बैशाख , काठमाडौं । निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ । आज देशभरका ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन भइरहेको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।

‘दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएकोमा सुचारु गर्ने प्रयास भइरहेको छ । उक्त स्थानहरूमा छिट्टै मतदान सुचारु हुने अपेक्षा लिइएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान

Advertisment

छुटाउनुभयो कि? सबै

दोलखामा मध्याह्नसम्म ३५ प्रतिशत मतदान