Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै

३१ बैशाख , काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । पछिल्लो परिणामअनुसार मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मतगणना जारी रहँदा उनले ७ सय ३६ मत सहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले विजय सुवेदीले ६ सय २० मत प्राप्त गरेका छन् ।

त्यस्तै, तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय २६ मत ल्याएकी छिन् । यता उपमेयर पदमा भने एमलेकी सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । उनले ६ सय २ मत प्राप्त गरेकी छिन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठ र राप्रपाका तर्फबाट उपमेयर पदकी उम्मेदवार बिनिता मगैयाले समान १२६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै