३१ बैशाख , काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको मतगणनास्थलमा गोली चलेको छ । शनिबार साँझ राजनीतिक दलका कार्यकर्ताले होहल्ला गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ ।
मतगणनास्थल बाहिर सत्ता गठबन्धनका कार्यकर्ताले होहल्ला गरी आक्रमणको प्रयास गरेपछि प्रहरीले तीन राउण्ड हवाइ फायर गरेको थियो । मतगणनास्थलमा मत गणना जारी रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी चौकी दोरम्बाले जनाएको छ।
हाल दोरम्बा शैलुङ गाउँपालिकाको वडा नम्बर १ डडुवाको मतगणना भइरहेको छ। प्रहरी कार्यालयले अहिले स्थिति सामान्य रहेको जनाएको छ।


