Comments Add Comment

Advertisment

SKIP THIS

खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

०१ जेठ , काठमाडौं । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् ।

अरुणादेबीले २८ सय ८१ मत र खड्काले २८ सय पाँच मत पाएर विजयी भएका हुन् । निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षका उम्मेदवार शंखरबहादुर राईले २५ सय ७५ मत र उपाध्यक्षका उम्मेदवार विमला राईले २४ सय ९५ मत पाएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका शंखबहादुर र विमलालाई एमालेले पुःन दोस्रो कार्यकालका लागि यथास्थानमा टिकट दिएको थियो ।

जन्तेढुंगा गाउँपालिकाका–६ वडामध्ये एक वडामा मात्र एमालेको उम्मेदवार वडाध्यक्षमा विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै