Comments Add Comment

Advertisment

SKIP THIS

आईपीएलमा पन्जाब र दिल्ली भिड्दै

०२ जेठ , काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल हुँदैछ । आज हुने खेलमा पन्जाब किङ्गस र दिल्ली क्यापिटल्स भिड्दैछन् ।

भारतको मुम्बईस्थित डी वाई पाटिल स्टेडियममा पन्जाब र दिल्लीबीचको खेल राति पौने ८ बजे सुरु हुनेछ । दुवै टोली सातौँ जितको खोजीमा रहेका छन् ।

यसअघि भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बेङ्गलोरले ५४ रनले पराजित गरेको थियो । दिल्लीले भने राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको थियो ।

१२ अंकसहित दिल्ली अंक तालिकामा पाचौँ स्थानमा छ भने । कम रन रेट भएको पन्जाब समान अंकसहित सातौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै