Comments Add Comment

Advertisment

SKIP THIS

मोरङ प्रहरीले मोटरसाइकल चोरी गर्ने ७ जनालाई पक्राउ

४ जेठ , काठमाडौँ । विराटनगर महानगरपालिका-४ स्थित नोवेल अस्पताल अगाडि र सोही महानगरपालिका-५ तोदी भवन लगायत विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी किनबेच गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ७ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्रउ पर्नेहरुमा जहदा गाउँपालिका-१ बुधनगर बस्ने २० वर्षीय हरिओम मण्डल, सोही ठाउँ बस्ने २० वर्षीय पन्नलाल राजबंशी, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, विराटनगर महानगरपालिका-४ कन्चनबारी बस्ने २२ वर्षीय प्रकाश राजबंशी, कटहरी गाउँपालिका-२ बस्ने २४ वर्षीय मनिष बस्नेत, धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३२ वर्षीय थाम बहादुर राई र सोही ठाउँ बस्ने ३५ वर्षीय मनकाजी राई रहेका छन् ।

उनीहरुमध्ये हरिओम, पन्नलाल, प्रकाश, मनिष र किशोर चोरी कार्यमा तथा थाम बहादुर र मनकाजी किनबेच तथा व्यवस्थापन कार्यमा संलग्न रहेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट प्रदेश १-०२-०४६ प ६४०१, प्रदेश १-०२-०४७ प ३९२४, को.१३ प ८२७५, बीआर ३८ डी ४५०४, प्रदेश १-०२-०४४ प २५७, को.८ प ६७५ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment