Comments Add Comment

Advertisment

SKIP THIS

सर्वोच्च विवादमा गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

२७ कात्तिक , काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सर्वोच्च अदालतमा भएको विवादमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् ।

माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ ।’

नेता दाहालले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरे पनि जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण उनीहरू सफल हुन नसकेको बताए । उनले प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिहरू संलग्न रहेको आरोप लगाए ।

राजावादी, ओलीवादी, विदेशी दलाल लगायत संविधान विरोधी शक्तिले कार्यपालिका, व्यावस्थापिका र न्यायपालिकामार्फत् वर्तमान राजनीतिक व्यावस्था उल्ट्याउन सकिन्छ कि भनेर षड्यन्त्र गरेको उनले बताए ।

अहिलेको पाँचदलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे । स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघिपछिसम्म पनि सार्न सकिने अध्यक्ष दाहालले बताए ।

सकेसम्म एकैपटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगीने उनको भनाइ छ । पूर्वाञ्चल कम्युनिष्ट आन्दोलनको उर्वभरभूमि रहेको बताउँदै उनले झापा विद्रोहलगायत ठूलठूला आन्दोलनहरू पूर्वबाटै सुरु भएको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment