Comments Add Comment

Advertisment

SKIP THIS

ट्रकमा मोटरसाइकल ठोक्किंदा तीन जनाको मृत्यु

१३ बैशाख , काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनुषा प्रहरीका अनुसार क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित भित्री सडक खण्डमा रोकिराखेको ना. २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु. ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुदा तीनै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

मृतकमध्ये जनकपुरधाम उपमहानगरपालिका-४ का २० वर्षीय सुमित भिण्डेबालको मात्रै सनाखत भएको छ । मृतक तीनै जनाको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

करेन्ट लागेर तीन जनाको मृत्यु

कारको ठक्करबाट तीन जनाको मृत्यु