२१ वैशाख,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर अध्यादेश जारी गरेको भन्दै गम्भिर आपत्ति प्रकट गरेका छन् ।

सरकारले आजमात्रै ७ वटा अध्यादेश जारी गरेपछि सभापति देउवाले विज्ञप्ति जारी गर्दै अध्यादेश जारी गर्ने सरकारी निर्णयको भर्त्सना गरेका हुन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ ।’

सभापति देउवाले संवैधानिक परिषद सम्बन्धीसहितका ७ वटा अध्यादेश जारी गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।