Comments Add Comment

Advertisment

SKIP THIS

भरतपुरमा रेनु दाहाल एक हजार ९०६ मतले अगाडि

०४ जेठ , काठमाडौं । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल एक हजार ९०६ मतले अगाडि छिन् । २९ हजार ४४६ मत गणना भइसक्दा गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले १० हजार ७४८ मत पाएकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ८ हजार ८४२ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ८८३ मत पाएका छन् ।

उपप्रमुखतर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२ हजार ८५८ मत पाएका छन् । राप्रपाकी हिमला गुरुङले भने ७ हजार १६६ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै