Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर महानगरमा चिरिबाबु दोब्बर मतले अगाडि

०५ जेठ , काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन दोब्बर मतले अगाडि छन्। २०७४ सालको निर्वाचनमा भन्दा यो निर्वाचन एमालेका लागि महंगो परेको छ।

अघिल्लो चुनावमा अन्तिम समयमा कांग्रेस महर्जनले २०० मतले एमालेका हरिकृष्ण ब्यान्जनकारलाई पराजित गरको थिए। यो पटक उन व्यान्जनकार ठूलो मतअन्तरले पराजित हुने देखिएको छ।

पछिल्लो मत परिणाम अनुसार महर्जनले १५ हजार ३५८ मत पाउँदा एमालेका उम्मेदवार ब्यञ्जनकारले ७ हजार ९६१ मत मात्र पाएका छन्।

ललितपुरमा महर्जनले ७ हजार ३९७ मतले अग्रता कायम गरेका छन्।

उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछाडि परेका छन्। एमालेकी मञ्जली शाक्य बजाचार्यले ८ हजार ९४ मत पाएकी छन् भने माओवादी केन्द्रका बाबुराज मर्हजनले ५ हजार १६७ मत पाएका छन्। ललितपुरमा सत्ता गठबन्धनले महर्जनलाई साथ दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै