Comments Add Comment

Advertisment

SKIP THIS

एक कैदी झुन्डिएको अवस्थामा फेला

०५ जेठ , काठमाडौं । रोल्पा कारागारमा एक पुरुष कैदी झुन्डिएको अवस्थामा फेला परेका छन् ।

गएराति सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै