Comments Add Comment

Advertisment

SKIP THIS

महांकाल मन्दिरमा पानी ट्याङ्कर ठोक्किँदा चालक गम्भीर घाइते

१५ साउन , काठमाडौ । महांकाल मन्दिरमा पानी ट्याङ्कर ठोक्किएको छ । चालक गम्भीर घाइते भएका छन् ।

त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

१२ हजार लिटर क्षमताको ट्याङ्कर ठोक्किँदा ५९ वर्षीय चालक चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनलाई अहिले उपचारका लागि ट्रमा सेन्टर लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment