Comments Add Comment

Advertisment

SKIP THIS

कागेश्वरीबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ

०५ जेठ , काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ७ हरहरमहादेव हजुरकोधारास्थित नमस्ते खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्राभाग काँडाघारीबाट खटिएको प्रहरीले बुधबार दिउँसो रौटहट चन्द्रपुर नगरपालिका १ घर भएका ४३ वर्षीय नारायण प्रसाद धितालको खाजा घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

नगद ५३ हजार ८ सय ६० रुपैयाँ र तीन बुक ताससहित उनीहरुलाई पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै