Comments Add Comment

Advertisment

SKIP THIS

टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल

०५ जेठ , काठमाडौं । तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर बलिङ गर्ने निर्णय गरेसँगै युगान्डाले सुरुआती ब्याटिङ गर्ने भएको हो ।

शृङ्खलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ। यदि आजको खेल जिते युगान्डाले शृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ ।

नेपाल आजको खेल जित्दै शृङ्खलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै