०६ जेठ , काठमाडौं । नेकपा एमाले घोराही–१८ को वडा कमिटीको पूर्ण वैठकले निर्वाचनमा घात गरेको भन्दै पार्टीका सक्रिय सदस्य अर्जुन पन्थीलाई कारबाहीको सिफारिस गरेको छ ।
वैठकले निर्वाचनमा विपक्षीसँग मिलेर ठाउँठाउँमा पैसा बाँडेको, घरपरिवारलाई विपक्षीको निर्वाचन प्रचारमा सक्रिय बनाएकोलगायतका आरोप लगाउँदै पन्थीलाई कारबाही गर्न जिल्ला कमिटी र आफू भन्दा माथिको मातहतमा सिफारिस गरेको वडा अध्यक्षमा निर्बाचित भरत अर्यालले बताए ।
वडा कमिटी अध्यक्ष रामबहादुर घर्ती मगरको अध्यक्षत्तामा बसेको बैठकले पन्थिलाई कारबाही गरेको एमाले दाङका प्रचार बिभाग प्रमुख सबिन प्रियासनले बताए ।
वैठकले पार्टीलगायतका कामहरुमा निष्क्रिय भएका सदस्यहरुलाई सचेत बनाउने, निर्वाचनमा अध्यक्षलगायत दुईजना सदस्यलाई निर्वाचित बनाउनका लागि मतदान गर्ने, सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
वैठकमा निर्वाचनमा उमेदवार बनेका सबैको उपस्थिति रहेको पार्टी नेता अन्जन कुमार पौडेलले जानकारी दिए ।




