Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको नागार्जुनबाट बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

१२ जेठ , काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका-१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटारबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै