Comments Add Comment

Advertisment

SKIP THIS

‘निर्वाचनपछि पनि गठबन्धन कायम रहन्छ’

३ कार्तिक , काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पनि गठबन्धन कायम रहने बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृतिमन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीचको गठबन्धन कायम रहने बताएका हुन् । उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे ।

बिहीबार काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै संस्कृतिमन्त्री श्रेष्ठले विगतको लोकतान्त्रिक आन्दोलनमा सामेल भएका दलहरु मिलेर वाम–लोकतान्त्रिक गठबन्धन कायम गरिएको जानकारी दिए । उनले संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि अहिलेको गठबन्धन निर्माण भएको प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै