११ मंसिर , काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए३२० (आरए २०१) जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड भएको छ ।
जहाज बिहान ११ः३० मा भारतको मुम्बई उड्ने तयारीमा थियो । तर, इन्जिन स्टार्ट हुन सकेन । प्राविधिक समस्याका कारण इन्जिन स्टार्ट नभएपछि सो जहाज ग्राउण्डेड भएको छ ।
आइतबार नै दिल्लीबाट फर्किएको अर्को न्यारोबडी जहाजमा यस जहाजका यात्रु राखेर जहाज मुम्बई पठाउन लागिएको छ । यो जहाजमा १५२ जना यात्रु रहेका छन् ।


