Comments Add Comment

Advertisment

SKIP THIS

विष्णु पौडेलको वडामा ३० वर्षपछि एमाले हार्यो , कांग्रेस उम्मेदवार पंगेनी विजयी

०६ जेठ , काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् । यो वडामा ३ हजार ४३० मत खसेको थियो ।

यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि वडा हो । यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै