Comments Add Comment

Advertisment

SKIP THIS

बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोटका युवाको मृत्यु

०८ जेठ , काठमाडौं । काठमाडौं महानगरपालिका १६ अन्तर्गत वनस्थली चोक नजिकको सडकखण्डमा शनिबार दिउँसो करिब ३ बजे बसले स्कुटरलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ ।

बालाजुबाट स्वयम्भूतर्फ गइरहेको बा ४ ख ५७३९ नम्बरको बसले सोही दिशातर्फ गुडिरहेको बा ५७ प ३४४४ स्कुटीलाई ठक्कर दिँदा त्यसमा सवार नुवाकोट पञ्चकन्या गाउँपालिका ४ थप्रेकका २० वर्षीय राज दोङ सख्त घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि नेपाल प्रहरी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी गौतम मिश्रले जानकारी दिए ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल राखिएको छ । ठक्कर दिने मध्यउपत्यका १ नम्बर यातायातको बस र चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा राखेको जनाएको छ ।

युवक तारकेश्वर नगरपालिका-४ पुरानो गुह्येश्वर बस्दै आएका थिए । उनी आफन्तको ग्रिल कारखानामा काम गर्थे । घटनाका विषयमा सत्य तथ्य छानबिन गराउन र दोषीलाई कारबाहीको दायरामा ल्याउने विषयमा मृतकका परिवार र सरोकारवाला आइतबार बिहान प्रहरी वृत्त बालाजु जाने तयारी भइरहेको नेकपा एमाले पञ्चकन्याका नेता सम्बरसिं लामाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment