Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउने

१२ जेठ , काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउने भएको छ । संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा फ्रेन्च भाषा जानेकालाई प्राथमिकता दिन थालेपछि सशस्त्रले केही कर्मचारीलाई फ्रेन्च पठाउन लागेको हो ।

हालै सशस्त्र प्रहरीले ५० जनालाई फ्रेन्च पठाउने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि आवेदन दिन इच्छुक कर्मचारीलाई सूचनामार्फत आह्वान गरिएको छ । आवेदकमध्येबाट छानेर भाषा पढाउन लागिएको सशस्त्रका एक अधिकारीले बताए ।

त्यस्तै, सशस्त्र प्रहरी बलले अन्य देशमा शान्ति मिसनमा पठाउनका लागि पनि पहल थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै