Comments Add Comment

Advertisment

SKIP THIS

सिर्जना सिंहले भनिन् – ‘बालेनलाई शुभकामना, मतदातालाई धन्यवाद’

१३ जेठ , काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरको मेयरमा विजयी बालेन्द्र साहलाई बधाई दिएकी छन् ।

काठमाडौँको मेयरमा नवनिर्वाचित साहलाइ बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिदै उनले लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गरेको बताएकी छन् ।

उनले मेयरसहित उपमेयर, वडाध्यक्ष र सदस्यमा निर्वाचित सबैलाई बधाई दिँदै महानगरवासीको भावनाबमोजिम कार्य गर्न सुझाएकी छन् ।

मेयरमा पराजित भएपछि सिंहले महानगरवासीले आफूलाई दिएको मत माया र समर्थन भएको भन्दै आभारसमेत व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै